काठमाडौं । डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बेसीशहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायतका ठाउँमा जाने÷आउने र बेसीशहरतर्फको गाडी आवागमन बन्द भएको थियो ।