काठमाडौं । नेपाल सरकारको नियमअनुसार सरकारी कर्मचारीले किरिया बिदा १५ दिन पाउने गर्दछन् । तर जुम्लाको यस्ता कर्मचारी जो मातृ शोकमा पनि किरिया बसिरहेको ठाउँबाटै जनताको सेवामा लागि रहेका छन् । जुम्लाको कनकासुन्दी गाउँपालिका लेखापाल शंकर आचार्य उनी किरिया बसिरहेका छन् तर उनले किरिया बसेको ठाउँमै कम्प्युटर राखेर काममा खटिइ रहेका छन् ।
हिमा गाउँपालिका–१ लिहीका आचार्यको आमा जयलक्ष्मी आचार्यको ८१ वर्षको उमेरमा यहि असार १६ गते निधन भएको थियो । १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो। आचार्य १८ गतेदेखि नियमित कार्यालयको काम गरिरहेका छन्।
उनले भने, ’आर्थिक वर्ष सकिन लाग्ने बेला जनताले गरेका विकास निर्माणमा गरेका भुक्तानी, कर्मचारीको तलब लगायतका महत्त्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले काम गरिरहेको छु।’ लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटेर काम गरिएको बताए।