काठमाडौं । शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ।
सडकहरुमा पानी जम्मा भएको छ। कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ। केही स्थानहरु डुवानमा परेका छन्।
पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरे।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ।