काठमाडौं । काठमाडौं भूतखेलमा शनिबार एक सय बीस जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भूतखेल जुम्बा योग परिवारको संयोजनमा लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा टोखा नगरपालिका वडा नम्बर ३ भूतखेलमा मधुमेह र रक्तचाप परीक्षण गरिएको हो । परीक्षण कार्यक्रम हिलिङ काठमाडौं एण्ड डाइग्नो टेक सपोर्ट प्रा.लि. को सहयोगमा भएको हो ।
आयोजक लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष सपना पौड्याल र सचिव भुवन श्रेष्ठले आगामी दिनमा निःशुल्क मासिक स्वास्थ्य परीक्षण तथा वातावरण सचेतना कार्यक्रम गरिने बताए ।
कार्यक्रममा क्लबका रिजनल चेयरपर्सन उपेन्द्र कुमार पौडेल, जोन चेयरपर्सन सहर्ष पौडेल, लियो गभर्नर अभय थापा, क्लबका पिभिएसटी टिम र सदस्यको साथै भूतखेल जुम्बा योग परिवारको सदस्यहरु तथा टोखाका स्थानीयवासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।
भिडियो