काठमाडौं । गोरखा धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका पाँचमध्ये दुईजना घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।
पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए ।

