काठमाडौं । गोरखामा शनिबार राति पहिरोले घर पुरिँदा बेपत्ता पाँच जना अझै फेला परेका छैनन्।
गोरखाको उत्तरी क्षेत्रमा धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति ३ बजे पहिरोले एक पुरिँदा एकै घरका तीनसहित पाँचजना बेपत्ता भएका हुन्।
पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनालाई भने हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ। गएराति ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित पाँच जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा सोलाल कान्छा गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ र गोरखाकै आरुघाट गाउँपालिका घर भएका ट्याक्टर चालक रमेश परियार पनि पहिरोमा बेपत्ता छन्।
पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ र खमबहादुर गुरुङ गम्भीर घाइते भएका छन्।
पहिरोस्थल नजिकै रेसे खोला अपार रेसे हाइड्रो पावार निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुर पनि सो घरमा बस्दै आएका थिए।