काठमाडौं । बाढीपहिरोका कारण आइतबार बिहानैदेखि अवरुद्ध डुम्रे–बेसिशहर सडक र बेसिशहर–चामे सडक खुलेको छ ।
डुम्रेतर्फ बेसिशहर नगरपालिका १, उदिपुर बजार, अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलालक्षेत्रमा पहिरो खसेको थियो ।
सबै ठाउँमा खसेको पहिरो हटाएको र सवारी आगमन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए ।
बेसिशहर–चामेतर्फ बेसिशहर नगरपालिका ६, उत्तीसघारी खरखरेमा पहिरो जाँदा आइतबार बिहानैदेखि अवरुद्ध सडक खुलाइएको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका ४ हावाडाँडा क्षेत्रमा खसेको पहिरो हटाएसँगै सवारी चलेको प्रहरीले जनाएको छ ।