काठमाडौं । पहिरोले बेसिशहर–चामे सडक अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेसिशहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ। बेसिशहर चाँमे सडक वर्षात् सुरु भएपछि पटकपटक अवरुद्ध हुँदै आएको छ।