काठमाडौं । तनहुँ व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।
मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख सहयोग गरेको छ भने कोषले ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।