काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिका, नेपाल नेत्रहीन संघ, पुनस्र्थापना कार्यक्रम गोरखा/तनहुँ भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजना निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविर देउराली स्वास्थ्य चौकी हिलेखर्कमा भएको हो ।
शिविरमा ८७ जनाले सेवा लिएका छन् । आँखा परीक्षण गरिएकामध्ये १५ जनाको आँबुखैरेनी आँखा अस्पतालमा यहि मंसिर १७ गते शल्यक्रिया गरिने बताइएको छ ।
साथै आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा परिवार नियोजनको लागि लामो अवधिको साधन इमप्लान्ट वितरण, पाठेघरको मुखको क्यान्सर जाँच तथा रिङ्ग पेसरको कार्यमाबाट पाठेघरको मुखको जाँच १६ जना इमप्लान्ट राख्ने १ जना इमप्लान्ट झिक्ने १ जना रिङ प्रेसर २ जनाले सेवा लिएका छन् ।