काठमाडौं । नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका स्वर्गीय कमलराज राईको स्मरणमा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।
यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, सचिव रमेश कुमार बोहोरा र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व. पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले हस्ताक्षर गरेकी हुन् ।