काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान नगर्न आग्रह गरेको छ।
मन्त्रालयले अनुमतिबिना साना ड्रोन उडाइएको पाइएमा एन्टी–ड्रोन टोली परिचालन गरी त्यस्ता ड्रोन नियन्त्रणमा लिने तथा जफत गर्ने जनाएको छ।
उद्धार तथा राहत कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बाढी प्रभावित क्षेत्रमा ड्रोन उडानमा कडाइ गरिएको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई भने आवश्यक अनुमति दिएर सञ्चालन गर्न सकिनेछ।
उद्धार तथा राहत कार्यमा अवरोध नहोस् र प्रभावित क्षेत्रमा सुरक्षा चुनौती नबढोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्षले सरकारी निर्देशनको पालना गर्न आग्रह गरेका छन्।

