काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्। २४ वर्षीय रोहितले सिम्रन खड्कासँग विवाह गरेका हुन्।
रोहितले सामाजिक सञ्जालमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै आफ्नो वैवाहिक जीवन सुरु भएको जानकारी दिएका छन्।
उनले सिम्रनलाई सम्बोधन गर्दै सपना साकार पार्ने यात्राका सहयात्रीदेखि जीवनभरका जीवनसाथीसम्मको यात्रा सुरु भएको उल्लेख गरेका छन्। ‘सधैँभरिका लागि हाम्रो साथ’ भन्दै उनले विवाहका तस्बिर सार्वजनिक गरेका हुन्।
उनीहरूको विवाह थाइल्यान्डमा सम्पन्न भएको खुलेको छ। रोहितको विवाहको खबर सार्वजनिक भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने क्रम बढेको छ।

