काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज दुबईबाट इजरायलका लागि प्रस्थान गरेको छ।
नेपाल एयरलाइन्सको जहाज नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट इजरायलको तेल अविवका लागि लागि उडान भरेको हो। दुबईबाट तेल अविव पुग्न करिब ४ घण्टाको समय लाग्नेछ ।
नेपाली नागरिक ल्याएर जहाज आजै राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने बताइएको छ।