काठमाडौं । निर्माणाधीन १० शैयाको मर्स्याङ्दी अस्पताल अन्तिम चरणमा पुगेको छ । उक्त अस्पतालको मर्स्याङ्दी गाउँपालिकका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी, ईन्जिनियर सुरेश गौतम, स्वास्थ्य शाखा प्रमुख लुल बहादुर घले लगायतले अनुगमन गरेका छन् ।
हालसम्म्म अस्पतालको भौतिक निर्माण कार्य ८५% सम्पन्न भएको छ । अस्पताल निर्माण भएसँगै लमजुङ मस्र्याङ्दी गाउँपालिकाका नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने अपेक्षा राखिएको छ ।