काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात (हर्टअट्याक) भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको सरकारले जनाएको छ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा गृहमन्त्री श्रेष्ठ हाल बोल्नसक्ने अवस्थामा आएको जानकारी दिएकी हुन्।
चीन भ्रमणका क्रममा हाल बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई गएराति अचानक हृदयाघात भएको हो। राति नै उनलाई त्यहाँस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको र शल्यक्रिया (अपरेसन) गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।