काठमाडौं । ललितपुरको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलन सुरु गरेका छन्।
शनिबार अस्पतालमा मृत्यु भएका दुई बिरामीका आफन्तले अस्पतालका चित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका हुन्।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।


