काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् ।
न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र उक्त रिट २६औँ नम्बरमा रहेको थियो । गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै मंसिर १५ गतेभित्र लिखित जवाफ माग्दै पूर्ण सुनुवाइका लागि १९ गते अर्थात आजको मिति तोकेको थियो ।