काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिनको अवसरमा वृक्षरोपण गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले ६९ औं जन्मदिनमा मंगलबार बालुवाटारमा रुद्राक्षको बिरुवा रोपेका हुन् । जन्मदिनमा वृक्षरोपण अभियानलाई साथ दिँदै बिरुवा रोपेको उनले बताए ।
कार्यक्रममा अभियानका अध्यक्ष बासुदेब सेढाई, अभियन्ताहरुको उपस्थिति थियो । प्रकृतिको संरक्षण, पृथ्वी बचाउ अभियान,जलवायु परिवर्तनलाई रोक्ने उपयुक्त माध्यमको रुपमा जन्मदिनमा वृक्षारोपण अभियान अघि बढेको छ ।
लमजुङबाट शुरु भएको अभियान अहिले देशव्यापी रुपमा फैलिएको छ । कार्यक्रममा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली, सांसद माधव सापकोटा, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका सल्लाहकार द्वय होम बहादुर बिक र ज्ञानसाली पन्त, अभियानका काठमाडौं उपत्यका सहसंयोजक साजन कुँवर, नेकपा माओवादी लमजुङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन मगराती, महासचिव देव गुरुङका स्वकीय सचिव नवराज थापा, पर्यटन व्यावसायी एबं सामाजिक अभियन्ता नवराज घिमिरे, सांस्कृतिक संघका सर्मिला बोहोरा, लगायत उपस्थिति थियोे ।