काठमाडौं । काठमाडाैंकाे सडक साेमबार अस्तव्यस्त बनेकाे छ । त्रिपुरेश्वरमा दशरथ रंगशालामा भइरहेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण अहिले उपत्यकामा ट्राफिक जाम भएकाे हाे ।
विशेषगरी, त्रिपुरेश्वर वरपरका स्थानहरूमा सवारी साधन आवतजावत गर्न कठिनाइ भइरहेकाे छ । जसकारण यात्रुहरूले शास्ती खेप्नुपरेकाे छ । रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने भएपनि विद्यार्थी र अभिभावक सहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान रहेकाे छ । यसअघि पुलचोक इन्जिनियरिङ कलेजमा भइरहेको दीक्षान्त समारोह यस वर्ष दशरथ रंगशालामा हुन लागेको हो ।
दीक्षान्त समारोहमा सहभागी हुन रंगशालामा पुग्ने विद्यार्थीहरूकाे भीडभाड बढेसँगै ट्राफिक जाम भएकाे छ । कलंकी, बल्खु, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई प्रहरीले भित्र आउन दिएको छैन ।
