काठमाडौं । काठमाडौंको गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। अर्का १ जना गम्भीर घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक बागती प्रदेश ०३–००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो। टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका काठमाडौंको तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।