काठमाडौं । रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ फेला पारेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ।
उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।
सिआइबीका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।
प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।