काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन् ।
पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले शनिबार राति केराबरी भन्ने गाउँ नजिकैको पुलमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते विश्वकर्मालाई बुटवलस्थित तिनाउ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
विश्वकर्माको पाखुरामा गोलि लागेको छ । उनीमाथि गोली प्रहार गर्नुको कारण खुलेको छैन । गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।