काठमाडौं । रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन् ।
“रूसी सेनामा आवद्ध भएर दुई÷तीन महिनादेखी सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा वढी परिवारजनले आफ्नो मान्छेको अवस्थावारे केही बुझिदिनुपर्यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाई रहनुभएको छ,” रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
उनले रूसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन् ।
बंकरमा ड्युटी पर्नेहरु तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने उनले जनाएका छन् ।
आफैँ पनि एकहप्ता युद्ध, फेरि रिट्रिट, रिफ्रेस ट्रेनिङ फेरि युद्ध यस्तै व्यस्ततामा रहने हुँदा सबैलाई एक–एक जवाफ दिन नसकेको उनले बताएका छन् ।