काठमाडौं । काठमाडौंस्थित ठमेलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् । प्रहरी वृत्त सोह्रखट्टेका डीएसपी सत्यनारायण थापाले एक जना चिनियाँ नागरिक मृत फेला परेको जानकारी दिए ।
उनका अनुसार नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ शनिबार मृत भेटिएका हुन् । उनको कोठमा केही औषधिका खोस्टासमेत भेटिएको उनले बताए ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टमा केही शंकास्पद देखिए अनुसन्धान गरिने डीएसपी थापाले बताए ।