काठमाडौं । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) अनिश्चित कालका लागि बन्द गरिएका छन् । कांग्रेस समर्थित नेपाल विद्यार्थी संघसंग आवद्ध विद्यार्थीको आक्रमणबाट एमाले समर्थित अनेरास्ववियुका विद्यार्थी घाइते भएपछि असुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले क्याम्पसमा पठनपाठन बन्द गरेको छ ।
क्याम्पस प्रशासनले अर्को सूचना जारी नभएसम्म क्याम्पसको छात्रवास (छात्र विद्यार्थी बस्ने) खाली गराउनुका साथै प्रशासनबाहेक पठनपाठन कार्य बन्द गरेको क्याम्पसका निमित्त प्रमुख अमित खनालले बताए । कांग्रेस समर्थित विद्यार्थीको आक्रमणबाट शनिबार एमाले समर्थित १५ जना बढी विद्यार्थी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर २ जनालाई पोखरा र २ जनालाई चितवन लगिएकोमा टिकराम ढकालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेविसंघ समर्थित विद्यार्थीले लखेटी–लखेटी आक्रमण गरेको अनेरास्ववियु समर्थित विद्यार्थीहरुले बताएका छन् ।