काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटमा भएको २ पक्षबीचको झडपलाई लिएर वीरगञ्ज बजार बन्द गराइएकोमा स्थिति तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन आज सोमबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
पूर्वमा नगवा, पश्चिममा तिलावे, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्म क्षेत्र तोकेर कर्फ्यू जारी गरिएको छ ।
वीरगञ्जमा बजार बन्द गरिएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटको ईशनाथ नगरपालिकामा भएको घटनालाई लिएर वीरगञ्जमा विरोध प्रदर्शन हुँदै आएको छ ।