काठमाडौं । ललितपुर महानगरपालिका १ नंं. वडा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निमोनियाविरुद्धको खोप लगाउने नेपालकै पहिलो वडा भएको छ । वडा अध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरि वितरण गरिएको जनाएका छन् ।
ललितपुर महानगरपालिका १ वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षहरुमा पनि खोप कार्यक्रम सुचारु भइरहेको थियो । केहि वडावासीहरुले आफ्नै व्यक्तिगत स्रोतबाट लगाएका छन् र बाँकी आमाबुबालाई वडाबाट खोप व्यवस्थापन गरिएको हो ।
उनले हालसम्म ललितपुर महानगरपालिका १ वडामा ३०० भन्दा बढी जेष्ठ नागरिकहरुले खोप लगाएको तथ्यांक वडा कार्यालयमा रहेको बताए ।
यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको र केहि दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोष्टविन पुगेको वडाको रुपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।