काठमाडौं । आ.व.२०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा लमजुङको दोर्दी गाउँपालिका जिल्लामै दोस्रो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार दोर्दी गाउँपालिका जिल्लाको ८ वटा स्थानीय तह मध्ये ४०.६७ अंक प्राप्त गरि दोस्रो भएको छ।
आयोगले फागुन ८ गते सार्वजनिक गरेको सुचनामा स्थानीय तहहरुले प्राप्त गरेको अंकका बारेमा जानकारी दिएको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्यांकन गरिएको हो।