काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई त्रिविको २०औं उपकुलपतिमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका हुन् ।
भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । शिक्षामन्त्री अशोक राई अध्यक्ष रहेको छनोट समितिले त्रिविको उपकुलपतिमा बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।