काठमाडौं । न्याय परिषद्ले खराब आचरणको आरोप लागेका दुईजना न्यायाधीशलाई बर्खास्तगीका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ।
न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तगीका लागि सिफारिस गर्ने निर्णय लिएको हो।
उता अर्का न्यायाधीश राजकुमार कोइरालालाई निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ। उनी इच्छाराज तामाङको मुद्दामा कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ घुस डिल गरेको अडिओ टेपका कारण विवादमा परेका थिए।