काठमाडौं । बाराको निजगढ नगरपालिकास्थित वर्कसपमा भएको विस्फोटमा परी ज्यान गुमाउने संख्या तीन पुगेको छ ।
विस्फोट सोमबार मध्याह्न १२ बजे भएको थियो । विस्फोटमा परी निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगरको सोमबार मृत्यु भएको थियो । अन्य दुईजनाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
उपचारका क्रममा भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र पर्साका २० वर्षीया ऋतु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्कसपको लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको भनाइ छ ।
घटनाका शंकास्पद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी काफ्लेका अनुसार पक्राउ पर्नेहरूमा भारत मोतीहारी बस्ने ४० का राज भन्ने रमेश जैसवाल र बारा निजगढका टिकाराम पाख्रिन छन् ।