काठमाडौं । प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघाईका ज्याउ जीउ छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १२ लाख रुपैयाँ बरामद भएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा उनलाई बुधबार भक्तपुर मध्यपुर ठिमी–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।