काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका ७, ईशानेश्वरको करापुटारमा महाशिवरात्री मेला लागेको छ । मेलामा भक्तजनहरुको भिड लागेको छ ।
भक्तजनको बढी भीडभाड र घुइँचो लाग्ने अवस्थालाई मध्यनजर राखेर सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । महाशिवरात्री पर्वमा लाग्ने करापुटार मेला पशुपतिनाथपछिको सवैभन्दा ठूलो मानिन्छ ।
तस्बिरः सुरज गुरुङ