काठमाडौं । सडक पूर्वाधार विकास कार्यालय प्यूठानका नि. कार्यालय प्रमुख ई.चन्द्र बहादुर शाह सम्मानित भएका छन् ।
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको ४५ औं वार्षिकोत्सवको अवसरमा आयोजित वृहत्त बैठक तथा बनभोज कार्यक्रममा नि.प्रमुख शाहलाई सम्मान गरिएको हो ।
केन्द्रका अध्यक्ष बसन्त लाल शाक्य, विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसी र प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धनमाया श्रेष्ठले संयुक्त रुपमा प्रमाणपत्रसहित शाहलाई सम्मान गरेका हुन् ।
जिल्लाको सर्वार्गिंर्ण विकासका लागि उत्कष्ट सेवाका साथ प्यूठान जिल्लाको पूर्वाधार क्षेत्रको विकासमा निरन्तर महत्वपूर्ण योगदान पुर्याएकाले सो कार्यको उच्च मूल्यांकन गर्दै ई. शाहलाई उत्कष्ट राष्ट्र सेवक कर्मचारीको रुपमा सम्मान गरिएको केन्द्रले जनाएको छ ।