काठमाडौं । । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमारप्रसाद घिमिरे नियुक्त भएका छन् । शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव घिमिरे महानिर्देशक नियुक्त भएका हुन् ।
तत्कालीन महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि केही समयदेखि महानिर्देशक पद रिक्त थियो ।