काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार नेपाल विद्यार्थी संंघ (नेविसंघ) ले राँके जुलुस प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
राँके जुलुस देखाएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । ‘सहकारी पीडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाउँदै नेविसंघले प्रदर्शन गरेको छ ।