काठमाडौं । सम्भवत लमजुङमै पहिलो पटक टेलिमेडिसिन सेवामार्फत डाक्टरसँग प्रत्यक्ष आफ्ना समस्याहरु राख्न पाउने ब्यबस्थाको सुरुवात भएको छ।
HDCS- नमूना सामुदायिक अस्पताल सुन्दरबजार र दोर्दी गाउँपालिका बिच समझदारी भै उक्त कार्यक्रमको सुरुवात भएको हो। बिरामी प्रत्यक्ष अस्पताल सम्म जान नसक्ने,जानका लागि आर्थिक समस्या भएका,मानसिक समस्या भएका लगायतका बिरामीहरुको सुबिधाको लागि डाक्टरसंग भिडियो कल मार्फत प्रत्यक्ष संबाद कार्यक्रम शुरु गरिएको हो।
अत्यावश्यक बाहेकको बिरामीको समस्यालाई संकलन गरि हप्तामा १ दिन दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरामा रहेको नौथर सामुदायिक स्वास्थ्य ईकाइमा उक्त दिन डाक्टर संग बिरामीले भिडियो कल मार्फत आफ्ना समस्याहरु राख्न सक्नेछन।
सुरुवात गरेको पहिलो दिनमा २ जना बिरामीहरुले प्रत्यक्ष लाभ लिनु भएको छ। जसमा मनोबिमर्श,MDGP,महिला रोग विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो।
यस कार्यक्रमले डाक्टर संगको वार्तालाप पछि डाक्टरको सल्लाह बमोजिम नजिकको अस्पताल,मेडिकल आदिबाट औषधि खरिद गरि सेवन गर्न सकिने छ। उक्त सामुदायिक ईकाइमा ल्याब समेत रहेको र भिडियो एक्सरे,रगत परीक्षण,दिसापिसाब परीक्षण,प्रेसर,सुगर लगायतको पनि परीक्षण हुने गर्दछ।
सोही परीक्षणको रिपोर्ट डाक्टरद्वारा अध्ययन गरी आवस्यकता अनुसारको सल्लाह प्रदान गरिनेछ। जसमा सहजीकरणको लागि बिरामी नजिक स्वास्थ्य ईकाइका कर्मचारी रहनेछन्। HDCS-–नमुना सामुदायिक अस्पतालका प्रवन्ध निर्देशक हेमन्त श्रेष्ठ स्वयं यहाँ उपस्थित भै प्राविधिक परिक्षणमा सहजीकरण गर्नु भएको थियो।