काठमाडौं । प्युठानको मल्लरानी गाउँपालिका वडा नं. ४ मा दर्ता विना नै जिपलाइन सञ्चालनमा भएको पाइएको छ । उक्त जिपलाइनका कर्मचारीहरुले मनोमानीका कारण सञ्चालन भएको स्थानीयले गुनासो गरेको छन् ।
जिपलाइन सञ्चालनसँगै पर्यटकको भिड लाग्ने गरेको छ । केही दिन अगाडि बिदाको समयमा प्युठान जिल्लाका सडक पूर्वाधार कार्यालयका कार्यालय प्रमुखले आफ्नो परिवारसहित उक्त जिपलाइनमा पुगेका थिए । जिपलाइनमा चढि सकेपछि ओर्लने बेलामा कन्ट्रोल नभइ उनी र उनको परिवार घाइते भए ।
सो दिनपछि प्युठानी जनताले प्रत्यक्ष र सामाजिक सञ्जालमा व्यापक रुपमा आलोचना गरेतापनि उक्त जिपलाइन सञ्चालनमै रहिरहेको छ ।