काठमाडौं । लमजुङमा चट्याङ लागेर एकै ठाउँमा नौवटा भैँसी मरेका छन्। मर्स्याङ्दी गाउँपालिका ५ तल्लो चिप्लाको लेकमा चट्याङ पर्दा स्थानीय एक किसानले पालेका ९ वटा भैँसी मरेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
शनिबार दिउँसो चट्याङ पर्दा स्थानीय कालबहादुर गुरुङले पालेका भैँसी मरेका हुन्। जंगलमा चराएर गोठतर्फ फर्कने क्रममा एक्कासी चट्याङ पर्दा बाटोमा हिँडिरहेका भैँसी भकाभक ढलेका हुन्।
एउटै बथानमा नभएर अलि अगाडि भएका कारण पाँचवटा भैँसी भने चट्याङबाट जोगिएका प्रहरीले जनाएको छ । भैँसी मर्दा गुरुङको करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।