काठमाडौं । नेपालले कतारका राजा शेख तमिम बिन हमाद अल लाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ’रुद्रकली’ र ’खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।