काठमाडौं । लमजुङ क्व्होलासोथार गाउँपालिका वडा नं.३ घलेगाउँको एक घरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ । आगलागीका कारण घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहना समेत जलेर नष्ट भएको छ । मंगलबार बिहान ८ बजेतिर स्थानीय खरध्वोज गुरुङको घरमा आगलागी भएको हो ।
घटनाबारे जानकारी पाउनेवित्तिकै अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा गएको थियो । प्रहरीका अनुसार आगलागीका कारण घरभित्र रहेको खाद्यान्न, नगद, सुन जल्दा १४ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।