काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको छ ।
अहिले आगो निभाउने प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताएका छन् । उनले गाउँका १०० भन्दा बढी घर जलिसकेका र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिए ।
अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन्