काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ जगत स्थित तातोपानी कुण्डको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा सदस्य देवी जङ्ग गुरुङ, ईन्जिनियर सुरेश गौतम, निर्माण उपभोक्ता समिति र स्थानीयहरुको उपस्थितिमा स्थलगत अनुगमन गरिएको छ ।
आ. वः २०८०/८१ को संघ सरकार पर्यटन तथा भौतिक पुर्वाधार मन्त्रालयबाट रु. ६ लाख, गाउँपालिकाको रु. १४ लाख र जनश्रमदान बापत रु. २,२४,३८० गरि जम्मा रु. २२,२४,३८० लगानीमा तातोपानी कुण्डको स्तरउन्नतिको काम भएको छ ।
साथै, घुम्ती गोठका किसानहरुलाई उपाध्यक्ष जुनामाया थापा र वडा नं. ४ का वडा अध्यक्ष बल बहादुर गुरुङको उपस्थितिमा अध्यक्ष गुरुङले १६ थान सोलार बत्ति र त्रिपाल बितरण गरेका छन् ।