काठमाडौं । विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सुनाएको छ।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ।
विभागले उनलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो। उनीविरूद्ध अदालतमा ठगी मुद्दा समेत दायर भएकोले ठगी गरी कमाएको सम्पत्ति शुद्धीकरण गरेको आरोप विभागको थियो।