काठमाडौं । सरकारले देशभर विभिन्न कार्यालयमा ४८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबार बसेको बैठकले उपसचिवहरूलाई सरुवा गरेको छ ।
उपसचिवहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति र केहीको मन्त्रालयमा सरुवा गरिएको छ ।