काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले आज विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उनी गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।