काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको हो ।
यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।