काठमाडौं । मुगु खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बिहीबार बाजुराबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर रारा ताल गइरहेको जिप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययरत विद्यार्थी चढेको ग १ ज ८२४९ नम्बरको जिप दुर्घटना हुँदा शिक्षक र विद्यार्थी घाइते भएको श्रीकोट रोल प्रहरी चौकीका प्रहरी हवल्दार राजेन्द्र मल्लले जानकारी दिए ।
घाइते हुनेमा ११ जना विद्यार्थी, २ जना शिक्षिका र जिप चालक रहेको प्रहरी हवल्दार मल्लले बताए । हिलटपको उकालोमा चढ्न नसकेर जिप दुर्घटना हुँदा विद्यार्थी शर्मिला साहानी, लक्ष्मी रोकाया, प्रियांका गिरी, ज्योति रोकाया, दिपीका रावत, विमला विष्ट, निशा दमाई, पशुपति बोहोरा, करुणा महत, सुरज शाही, रेजिना कार्की, शिक्षिका सुशिला गिरी, निर्मला भण्डारी र जिप चालक लाल बहादुर भण्डारी घाइते भएको उनले जानकारी दिए ।