काठमाडौं । लमजुङका प्रदेशसभा सदस्य डा.टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा सभागृहमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।